गफ हाँक्नेका असलियत देखिरहेका छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ठुल्ठूला गफ हाँक्नेका असलियत देखिरहेको बताएका छन् । तनहुँमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो भने् ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले जारी गरेको नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ खारेज गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत पुस १३ गते अर्थ मन्त्रालय र कानुन मन्त्रालयलाई समेत जानकारी नदिई राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन कार्यविधि जारी गर्ने निर्णय खारेज गरेको थियो ।

प्रधानमन्त्री दाहालले सरकारबाट सुशासन र प्रशासनमा सुधारका लागि गम्भीर कदम चालिएको बताए । उनले संविधानको हुर्मत लिने र गणतन्त्रमा प्रहार गर्नेहरूका विरुद्ध गठबन्धन बनेको बताए ।

प्रधानमन्त्री दाहालले १० वर्षदेखि स्कुलमा पाठ्यपुस्तक नपुग्ने अवस्था अन्त्य गर्न आफ्नै पहलमा शैक्षिक सत्र सुरु हुनु पहिल्यै पुस्तक पुर्‍याएको बताए । उनले नयाँ बजेटमार्फत सरकार सुशासन र समृद्धिको नयाँ यात्रा गर्ने गरी प्रस्तुत हुने बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७