• २०८३ असार १२
  • 2026 June 26, Friday

बारामा जसपाले बुथ क्याप्चर गरेकाे सिके राउतकाे आराेप

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।

बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४-५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए ।

राउतले भने- ‘बेलडारी, झिटकैयासहित अरु १-२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ । हामीले प्रशासनमा खबर गरेका छाैँ ।’