चितवनका दुई वटा केन्द्रमा राेकियाे मतदान

चितवन । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ ।

नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।

कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भनि अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७