रविले आचारसंहिता उल्लंघन गरेकोप्रति अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौं । चितवन २ को उपनिर्वाचनको क्रममा भरतपुर ११ स्थित नयाँ किरण मावि बुथमा भएको घटनाप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । मतदान जारी रहेको बेलामा रास्वपाका उम्मेदवार रवि लामिछानेबाटै निर्वाचन आचारसंहिताविपरीतको गतिविधि भएको अनेरास्ववियुको ठम्याइ छ ।

अनेरास्वयुविका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी रास्वपा उम्मेदवार लामिछानेका समर्थकहरूले भरतपुर ११ स्थित नयाँ किरण मावि बुथमा र्‍यालीसहित निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारको पक्षमा नाराबाजी गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मतदातालाई प्रभावित पार्ने कार्य गरेपश्चात् अनेरास्ववियु चितवन जिल्ला कमिटी सह-संयोजक क। हरि आचार्य लगायतका स्वस्च्छ, निष्पक्ष, शान्तिपूर्ण मतदानका पक्षधरहरूले नाराबाजीसहित आएका उम्मेदवारलाई निर्वाचन आचारसंहिताका विषयमा सचेत र जानकारी गराउँदै गर्दा अनेरास्ववियु चितवन जिल्ला सह-संयोजक क.हरि आचार्यमाथि प्रहरी प्रशासने नै घाइते हुने गरी कुटपिट गरेकोप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।’

मतदानको समयमा प्रहरी प्रशासनकै सहयोगमा मतदानस्थलमा रहेका मतदाताप्रति भएको निन्दनीय कार्यप्रति अनेरास्ववियु चुप नबस्ने र जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन शान्तिपूर्वक र भयरहित ढंगले सम्पन्न गर्न गराउन गराउन प्रशासनलाई आग्रह गर्दै निर्वाचन आचारसहितालाई कडाईका साथ लागू गर्न अनेरास्ववियुले निर्वाचन आयोगसमक्ष माग गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१