चितवन–२ मा रातिदेखि नै मतगणनाको तयारी

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ ।

राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएकाे छ ।

चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

मंसिर ४ को चुनावमा ६७ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपाली ६२ प्रतिशतभन्दा कम मत खसेको छ ।

मतगणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१