• २०८३ असार १२
  • 2026 June 26, Friday

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रवक्ता समिर आचार्यका अनुसार उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको हो ।

पौडेल वैशाख ६ गतेदेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) मा उपचाररत छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार एन्टिबायोटिक उपयोगका कारण उनमा शारीरिक रूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा छन् ।