काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । अहिलेसम्म ३७ हजार २६३ मत गनिएको छ ।
त्यसमध्ये जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले १५ हजार ९८० मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएका छन् । यादव चार हजार ७८२ मतान्तरले अगाडि छन् ।
यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ५ हजार १४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रमेश खरेलले दुई हजार १२८ मत पाएका छन् ।
पौडेल र खरेल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।