• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपालको गुम्यो छैठौँ विकेट, सोमपाल कामी आउट

काठमाडौं । एसीसी प्रियिमर कप क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपालले विकेट गुमाएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैठौँ विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको हो ।

२१ ओभरमा ६ विकेटको क्षतिमा नेपालले ८४ रन बनाएको छ । नेपालका सोमपाल कामी २७ बल खेल्दै ११ रनमा आउट भए । यसअघि नेपालका कप्तान

रोहितकुमार पौडेल २७ रनमा आउट भएका थिए ।
यसअघि १.२ ओभरमा तीन रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले ९ रन हुँदा दोस्रो विकेट पनि गुमाएको थियो । त्यस्तै, आसिफ शेख १९, भीम सार्की ६ र कुशल भुर्तेल दुई रनमा आउट भएका छन् ।

नेपालविरुद्ध कतारका बलरले उत्कृष्ट बलिङ गरिरहेका छन् ।