• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्रतिकुल माैसमका कारण पूर्वराजा जान सकेनन् जुम्ला

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार जुम्लामा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेकाे थियाे । तर प्रतिकुल माैसमका कारण शाह जुम्ला जान सकेनन् ।

आइतबार दिनभर नेपालगञ्ज र जुम्लाकाे माैसम प्रतिकुलताका कारण विमान उड्न नसकेकाले उनकाे भ्रमण स्थगित भएकाे एक विज्ञप्तिमार्फत सम्वाद सचिवालयले जनाएकाे हाे ।

पूर्वराजा शाहले दर्शन र स्वागत गर्नका लागि बिहानदेखि बसेका शुभचिन्तकहरुमा कृतज्ञता पनि प्रकट गरेका छन् ।

यसअघि शाह आज जुम्ला पुगेर अभिनन्दन कार्यक्रममा सहभागी हुने र उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेकाे थियाे ।