
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् ।
उनी आज दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए ।
पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।
आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।