• २०८३ असार १३
  • 2026 June 27, Saturday

रास्वपाको बैठक आज बस्दै, सरकारको समर्थन फिर्ताबारे छलफल गरिने*

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक राखिएको हो ।

आजको बैठकले नयाँ संसदीय दलको नेता चयन गर्ने र पार्टीका विभागहरू गठन गर्ने प्रवक्ता डा‍. मुकुल ढकालले जानकारी दिए ।

उपनिर्वाचनको समीक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल पनि हुने उनले बताए ।

रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । आजको बैठकले सभापति रवि लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ ।

(–सच्याइएकाे ।)