• २०८३ असार १३
  • 2026 June 27, Saturday

चेक जसले काटेको हो उसैसँग छ, सांसदलाई बाटोमै समाउनु रहस्यमय : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् ।

उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।

निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए ।