• २०८३ असार १३
  • 2026 June 27, Saturday

१० दिने भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्रले भेटे उत्तर प्रदेशका मुख्यमन्त्रीलाई

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो।

पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको पाठकले उल्लेख गरेका छन्।

पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्।

केही वर्षअघि पनि योगी आदित्यनाथ र शाहबीच भेट भएको थियो।