काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा राखिएकाे छ ।
भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको आशंका गरिएकाे छ ।
तर प्रधानमन्त्री निकट स्राेतले भने सरकारले ल्याउने नीति तथा कार्यक्रमका विषयमा छलफल भएकाे बताएकाे छ ।