काठमाडाैं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने भएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका खाण भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाजसमेत उठेको थियो । यो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्नेबित्तिकै ऊ दोषी हो भन्न मिल्दैन । त्यसलाई अभियुक्तका रूपमा लिइन्छ । अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ,’ बैठकपछि सहमहामन्त्री जीवन परियारले भने, ‘दोषीलाई कुनै पनि हालतमा छोड्न हुँदैन । निर्दोष पर्न हुन्न ।’
कांग्रेस नेता खाणले अनुसन्धानलाई सहयोग गरिरहेको उनले बताए ।
एमालेले टोपबहादुर रायमाझीलाई एमालेले सचिवबाट निलम्बन गरेको विषयसमेत छलफलमा आएको बताए ।
आजको बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णतालगायत विषयमा पनि छलफल भएको थियो ।