• २०८३ असार १३
  • 2026 June 27, Saturday

बालुवाटारमा रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको रास्वपाका एक नेताले जानकारी दिए।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।