• २०८३ असार १३
  • 2026 June 27, Saturday

अयोग्य लडाकुलाई २ लाख नदिन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । अयोग्य लडाकुलाई दुई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको
न्यायाधीश कुमार चुडालको एक इजलासले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय विरुद्ध मंगलबार अल्पकालीन अन्तरिम आादेश जारी गरेको हो।

नेपाली कांग्रेसका नेता कुलबहादुर लिम्बुसहित ५० जना द्वन्द्वपीडितहरुले लडाकुलाई रकम बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको यो आदेशपछि लडाकुलाई रकम वितरण गर्ने सरकारको निर्णय रोकिने भएको छ।

यो सहित सर्वोच्चले लिखित जवाफ माग गर्ने र कारण देखाउ आदेश पनि जारी गरेको छ। त्यस्तै सर्वोच्च अदालतले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ।