प्रतिनिधिसभामा नियम निलम्बन गरी बनाइयाे २० जनाले प्रश्न सोध्न मिल्ने

काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा नियम निलम्बन गरेर २० जना सांसदले प्रश्न सोध्न सक्ने बनाइएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यसूची छ।

प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था थियो ।

तर, नियम निलम्बन गरेर २० जना सांसदलाई प्रश्न सोध्न मिल्ने बनाइएको हो।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७