सरकारलाई राजेन्द्र लिङदेनको चुनौती : मैले पनि भष्ट्रचार गरे कि ? छानविन गरोस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीलाई नेताहरुको सम्पत्ति छानविन गर्न आग्रह गरेका छन् । विहिबार काठमाडौंमा पार्टीको भष्ट्रचार विरोधी सभामा सम्बोधन गर्ने क्रममा लिङदेनले राजा र पन्चले गल्ति र भष्ट्रचार गरे छानविन गर्न चुनौती दिएका छन् ।

उनले भष्ट्रचार र अपराध गरेको भए राजालाई छानविन गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिएका हुन् । ‘भष्ट्रचारको छानविन राजेन्द्र लिङदेनबाट गरे हुन्छ । मेरोबाट सुरु गरे हुन्छ तर गर्नुपर्यो ।’ उनले भने

लिङदेनले आफु ४० दिन मात्र उपप्रधानमन्त्री हुदाँ कुनै एक पैसा भष्ट्रचार नगरेको बताएका छन् । उनले भने् ‘हिजोअस्ति ४० दिन म पनि उपप्रधानमन्त्री भए, खर्बभन्दा बढी बजेट भएको मन्त्री भए र मैले झन्डै ४ खर्ब भित्रिने बाटो खोले विद्युत खरिद सम्झौता गरेर, मैल पनि भष्ट्रचार गरे कि ? छानविन गरोस म बाट सुरु होस् ।’

 

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७