• २०८३ असार १३
  • 2026 June 27, Saturday

मन्त्रिपरिषद् बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले जानकारी दिए।

शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ। राष्ट्रपति तामझामबिना नै संसद् भवन जान निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।