रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट दर्ता गर्न सकिने

काठमाडौ‌ ।  सर्वोच्च अदालतले रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । लामिछाने सांसद पदका लागि अयोग्य रहेको भन्दै पेस भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै सर्वोच्चले दर्ता गर्न आदेश गरेको हो ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार रजिस्ट्रारको निर्णय बदर गर्दै रिट दर्ता हुने र न्यायिक निरूपण हुने आदेश गरेको हो ।

युवराज पौडेलले लामिछाने गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वैशाख २५ मा पेस भएको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए । रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७