शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्ने नेकपा एसकाे जाेड

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय तीनबकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अब हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराएकाे खतिवडाले जानकारी दिए । अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रुपमा त्यसतर्फ जान लागेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७