मुलुकको उपलब्धीहरुमाथि विभिन्न तवरबाट प्रहार हुने गरेका छन् : रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छन् ।

गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्वीर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलव्धीहरुमाथि बिभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने बताएकी हुन् ।

उनले गणतन्त्रमा देखिएको समस्याहरु समाधान हुदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको बिकल्प पश्चगमन हुन नसक्ने जिकिर गरिन् ।

मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहदा २००७ साल यता भएका त्याग, बलिदान र आन्दोलन लगाएतका संघर्षलाई भुल्न नहुने धारणा राखेकी छन् ।

जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर राखिएको छ । जसमा नेपालका विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा लगाएतका संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर समावेश छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७