चितवनका दुई युवा इन्जिनियर हाेमिए सिडेन चुनावमा

काठमाडाैं । जेठ १३ गते नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को देश भरि नै सातौँ केन्द्रीय कार्यकारिणी समिति र दोस्रो प्रादेशिक समितिको चुनाव हुन लागेको छ ।

केन्द्रमा केन्द्रीय अध्यक्षमा चेतनाथ पाण्डे र बागमती प्रदेश सभापतिमा विक्रम खतिवडाको प्यानलबाट चितवनलाई प्रतिनिधित्व गरेर दिवस मैनाली र बागमती प्रदेश सचिवमा रञ्जन न्यौपानेले बागमती प्रदेश सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशमा मात्र ४२८० जना इन्जिनियर मतदाता रहेको छन् । अधिकांश मतदाता बागमती प्रदेशमा रहेको छन् ।

इञ्जिनियर दिवस मैनालीले चितवनलाई प्रतिनिधित्व गरेर सम्पूर्ण इन्जिनियरहरुको हकहितको लागि सधैँ आवाज उठाउने हेतुले प्रदेशमा आफ्नो उम्मेदवारी दिएकाे बताएका छन् ।
मैनाली चितवन राप्ती नगरपालिका ५ का बासिन्दा हुन् । उनी चितवनकाे युवा ब्यवसायी पनि हुन् । उनी विभिन्न इन्जिनियरिङ कन्सलटेन्सीमा पनि आबद्द छन् । उनले चितवनमा धेरै इन्जिनियरहरुलाई रोजगार पनि सिर्जना गरिदिएका छन् ।

यसैगरी इन्जिनियर रञ्जन न्यौपानेको घर चितवन गीतानगर रहेको छ र उनी चितवनको विधार्थी नेता पनि हुन् । उनी यूटेक कलेजको नेविसंघको पूर्व इकाई सभापति पनि हुन् ।

उनले पोखरा विश्वविधालय र चितवनका विभिन्न कलेजमा विधार्थी हक हितको लागि धेरै विधार्थी आन्दोलन गरेका छन् । पाेखरा विश्व विद्यालयमा कोभिडको बेला होस् अथवा उपकुलपति रिक्त हुँदा देखि होस् कि पोखरा विश्व विद्यालयको अनेकौँ बेथिति विषयमा रञ्जन न्यौपानेको अगुवाइमा धेरै विधार्थी आन्दोलन भएको थियो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७