यस्तो छ कार्तिक र कियाराको ‘सत्य प्रेमकी कथा’ को ट्रेलर (भिडिओ)

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्य प्रेमकी कथा’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार नाडियाडवाला ग्यान्डसन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन् । जो आफ्नो विवाहको लागि केटी खोजिरहेका छन् । उनको जीवनमा कियारा आउँछिन् । त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ ।

समीर विदवान्सले निर्देशन गरेको फिल्ममा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी छ । फिल्मको कथा करण श्रीकान्त शर्माले तयार पारेका हुन् ।

यो फिल्म जुन २९ अर्थात असार १४ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७