नवलपरासीमा दम्पतीको हत्या

काठमाडौं । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।

चितवन जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार भेडिहार दम्पतीको सोमबार राति उनीहरु बसोबास गर्दै आएको गोठमा हत्या भएको हो ।

उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । दम्पतीको हत्यामा संलग्नको पहिचान हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७