सन्दीप न्यौपाने र सहिमा श्रेष्ठको ‘पान पाते ओठ’गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक सन्दीप न्यौपाने र सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’बोलको गीत सार्वजनिक भएको छ ।

सोमबार गायक न्यौपानेले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडिओ सार्वजनिक गरेका हुन् । शेर साउदको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

शेर साउद निर्देशित भिडिओमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् ।

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई नविन उप्रेतीले सम्पादन गरेका हुन् ।

गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया ‘लगायतका गीत चर्चित भएका थिए । नयाँ गीत ‘पान पाते ओठ’ बाट गायक न्यौपाने आशावादी छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७