क्यानाडामा प्रकाश सपुतको पहिलो कन्सर्ट

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिदैछन् । आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेसनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन् ।

‘क्यानाडा आउँदैछु । निकै खुसी छु, यहाँ आफ्नो प्रस्तुति दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुति दिएता पनि क्यानाडामा भने पहिलो पटक प्रस्तुत हुँदैछु ।’ उनी आफ्नो प्रस्तुतिलाई लिएर उत्साहित छन् । कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्ना कला प्रस्तुत गर्नेछन् ।

उनले यो कार्यक्रम गर्नुको उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन रहेको बताए । ‘कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने छौ’, उनले भने । मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यानेडियन ३० (तीस) डलर राखिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७