फिल्म ‘परस्त्री’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं । सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको छ ।

यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् ।

नवराज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

यो फिल्म नेपाली र हिन्दीमा असार १५ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७