काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ओएमजी २’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।
अक्षयले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुनेछ ।
‘हामी अगस्ट ११ देखि थिएटरमा आउँदैछौं, तपाईहरू पनि आउनुहोला,’ उनले लेखेका छन् । सार्वजनिक पोस्टरमा अक्षयलाई शिवको अवतारमा देखाइएको छ । उनको हातमा डमरू छ ।
अमित रायले निर्देशन गरेको फिल्ममा अक्षय कुमार, पंकज त्रिपाठी, यामी गौतम, अरुण गोविल, राज सिंहलगायत कलाकारको अभिनय छ ।
यो कमेडी जनरामा निर्माण भएको फिल्म हो ।
सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओएमजी’ मा अक्षय कुमार र परेश रावल मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई उमेश शुक्लाले निर्देशन गरेका हुन् । फिल्मले विश्वभरबाट १२० करोड कमाएको थियो ।
आइयेगा आप भी.
11th August. In theatres. #OMG2 pic.twitter.com/Fij3N8wco6
— Akshay Kumar (@akshaykumar) June 9, 2023