काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।
संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको संसदीय सुनुवाई समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।
समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ ।