• २०८३ असार १३
  • 2026 June 27, Saturday

गत बैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा बजेटमा लुट्यो : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले बजेटलाई जोडेर संसदीय उपनिर्वाचनमा भएको परिणामको तीतो पोखेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद राउतले यो देशमा बजेट लुट्नेहरुले गत बैशाखमा बारामा भएको उपनिर्वाचनमा बुथ लुटेको आरोप लगाए ।

उनले भने ‘ सरकारले जहाँ भएपनि लुट्ने क्रम जारी राखेको छ, गत बैशाखमा बारामा मतपेटिका लुटे, अहिले जेठमा आएर बजेट लुटे, बजेट बनाइएको होइन, बजेटमा लुटतन्त्र मच्चाइएको छ । ’

गत बैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी हुँदा राउतको जनमत पार्टीका उम्मेद्वार शिवचन्द्रप्रसाद कुशवाह पराजित भएका थिए ।