• २०८३ असार १३
  • 2026 June 27, Saturday

तार काटेपछि मेयर बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन आग्रह गरेको छ ।

महानगरपालिका(९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि शाहलाई स्पष्टीकरण सोधिएको हो ।

प्राधिकरणले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ /३२ को निर्णयानुसार जानकारी गराइन्छ।’