काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बिरामीसँग औषधिको मूल्य ७५ प्रतिशत बढी लिने गरेको दावी गरेकी छिन् ।
आईतवार प्रतिनिधिसभाको बैठकमा सांसद कार्कीले केन्द्रमा डाइलाइसिस गराई रहेका बिरामीबाट अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत खरिद गरिएको औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताएकी हुन् ।
उनले भनिन्‘यो स्वास्थ्य बिमित डायलाइसिस गराइरहेका बिरामीको बिल हो । यसमा इपोफिट नामक औषधिको बिक्रि मूल्य १४०५ छ । यसको खाली खोल पनि मसँग छ । जसमा अधिकतम खुद्रा बिक्रि मूल्य भारतीय पाँच रुपैया छ । अर्थात् नेपाली ८ सय रुपैयाँ पर्न आउँछ । २० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी लिइएको छ।’