काठमाडौं । सांसद रामकुमार राईले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाएकाहरुलाई दोस्रो चरणको कारवाही कहिले देखि सुरु हुन्छ भनेर प्रश्न गरेका छन् ।
सोमवार प्रतिनिधसभाको बैठकमा सांसद राईले त्यही केसमा फरार अभियुक्तहरुको लागि रेड गर्ने नोटिस जारी गरिएको छ की छैन भनेर पनि प्रश्न गरे ।
उनले भने,‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर १६ जनालाई पुर्पक्षमा जेल पठाएको छ । तर त्यही केसमा फरार अभियुक्तहरुको लागि कुन कदम चालिएको छ । रेड कर्नर नोटिस जारी गरिएको छ की छैन । म गृहमन्त्री ज्युलाई सोध्न चाहन्छु । दोस्रो चरणको कारवाही कहिले देखि सुरु हुन्छ ?’
सांसद राईले अरु विभिन्न भ्रष्टाचारको काण्डहरुपनि छानविन गर्न आग्रह गरे ।