• २०८३ असार १३
  • 2026 June 27, Saturday

राष्ट्रिय सहमतिको लागि एमाले एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार : सांसद विष्ट

काठमाडौं । सांसद गोकर्ण विष्टले राष्ट्रिय सहमतिको लागि एमाले तयार भएको बताएका छन् ।

सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद विष्टले जलस्रोतको विकास र राष्ट्रिय हितको लागि आफुहरु तयार भएको बताए ।

उनले भने ‘ राष्ट्रिय हितको लागि गरिने राष्ट्रिय सहमतिको लागि हाम्रो दल एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छ तर जलस्रोतको विकास राष्ट्रिय हित भन्दा सत्ता सौदावाजीको लागि सरकारलाई टिकाउन जोगाउनको लागि प्रयोग गरियो भने त्यसमा हाम्रो गम्भीर असहमति रहन्छ । ’

सांसद विष्टले सरकारले प्रसारण लाईन निर्माणको लागि कुनै प्रयत्न नगरेको बताएका छन् । विद्युत उपयोग लागि आन्तरिक खपतलाई बढाउनु पथ्र्यो तर देशमा आन्तरिक खपत कहाली लाग्दो अवस्थामा रहेको उनको भनाइ थियो ।