• २०८३ असार १३
  • 2026 June 27, Saturday

आगामी शुक्रबार संघीय संसदमा प्रधानमन्त्री दाहालसंँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । आगामी शुक्रबार संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका छन् ।

प्रधानमन्त्री दाहालसँग प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको पनि जानकारी पनि सभामुख घिमिरेले दिए । उनले उक्त समूहमा १५ जना सांसद सदस्य रहने पनि बताए । उनले भने ‘ प्रश्न सोध्नका लागि १७ समूह विभाजन गरिएको छ , जस्मा १५ जना सांसद सदस्य रहने छन् । ’

सभामुख घिमिरेले आज मंगलबार अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्नु पर्ने जानकारी पनि दिए ।