• २०८३ असार १३
  • 2026 June 27, Saturday

अर्थमन्त्रीले नुवाकोटमा बढी बजेट पार्नु देशको ढुकुटी लुट्नु जस्तै : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्री नुवाकोटको भएकोले नुवाकोटमा बढी बजेट पार्नु देशको ढुकुटी लुटेको जस्तै भएको बताएका छन् ।

मंगलबार संसदमा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा सांसद सुवालले सार्वजनिक ऋण २० खर्ब पुर्याई सिंहदरबार कब्जा गरेर जनतालाई दुःख दिनेलाई कारवाही गर्नु पर्ने बताए ।

उनले भने ‘ अर्थमन्त्री ज्यूले म नुवाकोटको भएकाले यहाँ धेरै बजेट परेको छ भनेर बताउनु देशको ढुकुटीमा लुट जस्तै हो । यो भनाई फिर्ता लिनु पर्छ । नुवाकोटका जनतालाई आवश्यक क्षेत्रमा बजेट राख्नु पर्छ । त्यस्तै देशमा अरु जिल्लामा पनि बजेट राख्नु पर्ने विषयमा अर्थमन्त्रीले म नुवाकोटको भनेर बोल्न मिल्दैन । त्यो फिर्ता लिनु पर्छ र त्यहाँको जनतालाई चाहिने कुरा बोल्नु पर्छ । सार्वजनिक ऋण  २० खर्व पूर्याएको सिंहदरवार कव्जा गरेर जनतालाई दुख दिनेलाई कारवाही गर्नु पर्छ । ’