• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा दायर गरेपछि सुरक्षा चुनौती बढ्याे : पूर्व बाल लडाकु समूह

काठमाडौं । पूर्व बाल लडाकुको समूहले आफुहरुको शान्ति सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेका छन् ।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबाट ज्यान मार्ने धम्की आएको भन्दै आयोगमा निवेदन दर्ता गराएका हुन् ।

निवेदन दर्ता पछि अयोग्य बाल लडाकु घोषित लेनिन विष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको भनेर धाक धम्की दिई मानसिक यातना दिएको बताए ।

उनले आफ्नो र परिवारको समेत जिउ धन र स्वतन्त्रताको रक्षा गरी पाउँ भनेर निवेदनमा उल्लेख गरेको जानकारी दिए ।

उनले भने,‘हामी जनयुद्धमा प्रयोग भएका बाल सेनाहरुलाई युद्धको नतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायतले सर्वोच्च अदालतमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको भनेर धाक धम्की दिई ज्यानै लिने मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने गरेकोले हाम्रो र परिवारको जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाउँ ।’