• २०८३ असार १४
  • 2026 June 28, Sunday

कृषि क्षेत्रमा बजेट थप्न पूर्व अर्थमन्त्री शर्माको माग

काठमाडौं । पूर्व अर्थमन्त्रि जर्नादन शर्माले सरकारले अन्य क्षेत्रको बजेट कटौटी गरेर कृषि क्षेत्रमा बजेट थप्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पुर्व अर्थमन्त्री शर्माले अहिले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न नसक्ने हो भने केही बर्ष पछि नेपालमा कृषक नै नरहने बताए ।

उनले भने, ‘कृषि क्षेत्रमा युवाहरुलाई सुनिश्चितता गर्न सकिएन भने १० वर्षपछि कृषि क्षेत्रमा काम गर्ने किसान नै नरहने अवस्था हुन्छ । अन्य क्षेत्रको बजेट कटौति गरेर कृषिमा बजेट थप्नुपर्छ । कृषि क्षेत्रको अन्यौलता र खाद्य सुरक्षाको जोखिम वर्तमान समयमा यो अन्योलग्रस्त अवस्थालाई नचिर्ने हो भने कृषि क्षेत्रले गति लिन सक्ने अवस्था छैन । नेपालमा कुषि अनुदानमा दिएको छ । तर त्यसको दुरुपयोग भएको छ ।’

शर्माले किसानहरुलाई बिउबिजन , औजार तथा वस्तुभाउ किन्नको लागि विना धितो ऋण उपलब्ध गराउन माग गरे ।

‘कृषि क्षेत्रका धेरै विषयहरुलाई हामीले समेटेर अगाडि लैजान पर्ने आवश्यकता छ । किसानहरुलाई बिउबिजन, वस्तुभाउ तथा औजार किन्नका लागि समयमा विना धितो उनीहरुले ऋण पाउने व्यवस्था गनुपर्छ ।’ उनले भने, ‘यदि हामीले बेलैमा ध्यान दिन सकेनौं भने फेरि किसानहरु मिटरब्याजीमै फस्नेछन् । कृषि क्षेत्रको अन्यौल र खाद्य सुरक्षाको जोखिम वर्तमान समयको यो अन्योलग्रस्त अवस्थालाई नर्चिने हो भने कृषि क्षेत्रले गति लिन सक्ने अवस्था छैन ।’ कृषि क्षेत्रको विकास भएन भने त्यसको दुरगामी असर पर्ने उनको भनाई छ ।

‘कृषि क्षेत्र धरासायी भयो भने त्यसको दुष्प्रभाव बहुआयामीक र लामो अवधिसम्म सुधार्न गर्न नसकिने हुन्छ । यसकारण देशले सामाजिक, आर्थिक र राजनैतिक रुपमा ठुलो मुल्य चुकाउन पर्ने हुन्छ । ’ उनले भने ।