त्यो एक दिनको पाल्पा भ्रमण

बिहान पाँच बजे नै अलार्म लगाएर सुतेको म अलार्म नलाग्दै शान्ता मेडमको गुड मर्निङ संगै आँखा खुले ।

ओहो आज त रानिमहल जाँन छ । छ बजे सबैलाई जम्मा हुन लगाएको छु उठ्नु पर्छ भन्दै सधैं सात नबजी आँखा नखुल्ने मेरा छ बजे नै खुले । हाम्रो शिक्षक ग्रूपमा मर्निङ भन्दै आफू उठेको जानकारी दिई नित्यकर्म तिर लागे ।

मलाईं एउटा समस्या थियोे बाबा बुटवल श्रीमती माइत । त्यही पनि आमा र म मिलेर साढे छ मै काम सकेउ अनि हतार हतार रुमापोखरा जम्मा भयौ। त्यहाँ बाट समसेर सर, सस्ती मिस, टेकराज सर, यसोधा मिस जानुपर्ने मान्छे ४ जना बाइक ३ वटा हुदा भुमी सरले २ जना राखेर हुइकिँए पछी सहजै बन्द्रखुट्टा आउन सहज भयो।

सभा छ बजिसकेको थियो सर मिसहरु बाटोमा हतार हतारमा बन्द्रखुट्टा तर्फ आउदै हुनुहुन्थ्यो । सम्झना मिसको घर टाढा र घरायसी काम सकेर हिड्नु पर्ने हुँदा म नै लिन घर नजिकै पुगे । साढे छ मा सबै जम्मा भैयो ।

बसमा रमाइलो गर्दै जानु पर्छ स्पिकर राखौ भन्दा बसमै घन्किन्छ भन्ने गुरुको आवाजले हामिले स्पिकर नराखी यात्रा तय गर्‍याै ।

बन्द्रखुट्टाबाट बस छुट्दा एउटा सिट मात्र खाली थियो तर बिरबासबाट चड्ने मिसहरु दुई जना कामना मिस र रबिना मिस, अलिक वर रबिना मिस रहेको हुँदा उहाँले सिट पाइहाल्नुभयो तर बजारको बीचमा कामना मिस हुँदा उहाँलाई मुढाको व्यबस्थापन गरेर हामी पाल्पा भ्रमणको लागि प्रस्थान गर्छौँ।

सत्र जना, बिहानको समय, मौसम सफा, चिसो बताससँगै हाम्रो यात्रा प्रराम्भ हुन्छ । हामीले अघिल्लो दिन नै कामको बाडफाँड गरेका थियौँ । म्युजिक र नाचगानको जिम्मा प्रशान्त सर, फोटोग्राफर मनपृन्ट सर । बोमिटको औषधि कामना मिस, पानीदेखि कुरमुरे खाना बसाइ व्यवस्थापन मेरै जिम्मामा थियोे । जिम्मेवारी लिन सजिलै छ निभाउन गाह्रो । त्यही पनि हामी सबैले हाम्रो जिम्मेवारीलाई रमाइलोमा परिणत गर्दै अघि बढ्यौँ ।

बस चोएगा लुम्छा हुँदै अघि बढ्दै थियो । बसमा धेरैले बमिट गर्ने बानी भएको हुँदा चालकलाई बस हलुका हिँडाउन लगाई बाहिरी दृश्यमा मोहित हुँदै हाम्रो यात्रा टक्सार पुगि सकेछ । सबैलाई डर टक्सारबाट रिडि जाँदासम्म बमिट हुन्छ कि भन्ने । सोहि बमोजिम मैले बसबाट ओर्लि कुरमुरे, चिप्स, बिस्कुट, पानी किनेर खानमा भुलाएर बमिट नआउने आइडिया लिएँ र किनेँ । सबैले खाँदै बस भित्र नै भिडियो फोटो खिच्दै बिस्तारै टक्सार रिडिको ओरालो घुमाउरो बाटोहरु छिचोल्दै अघि बढ्याैँ । यसो पछि फर्किएको सस्ती मिस, सम्झना मिस, रबिना मिस, यशाेधा मिस निदाउनु भाको रहेछ । सोही मौकामा उहाँहरुको निदाएको भिडियो र फोटो खिचेँ जो पछि हेर्दा सम्झनाले आँसु नै आउने दृश्य हुन्छ ।

हाम्रो सेड्युलमा ८ बजे रिडिको तीनमुखे पुल हेरेर अर्गली गएर नास्ता खाने याेजना थियो तर सबै सर मिसहरुले साँझ फर्किँदाको दृश्य हेर्ने अहिले अर्गली नै जाने भन्ने सम्झौता भयो सोही अनुसार पाल्पाको अर्गली प्रस्थान गर्‍याैँ ।

गुल्मीलाई साँझ भेट्ने वाचासहित पाल्पातर्फ गाडी गुड्न सुरु गर्छ । बिरबास निवासी कुमार सोमैले जोर्तेमा नास्ता पसल खोल्नु भएको थियो मैले पहिले नै सोमैका भाइ सागर सोमैलाई फोन गरि नास्ताको अर्डर गरि सकेको थिए ।

बिहान सभा आठ बजे अर्गली पुग्दासम्म कसैलाई बमिट नभएको हुँदा सबै खुसी हुँदै झर्नुभयो अब त हुन्न भन्दै । त्यहाँ हामिले नास्ता खान सुरु गर्‍याैँ । कसैले मटर समसा, कसैले चुकौनी त कसैले सेल तरकारी । जसलाई जेजे इच्छा छ त्यही अनुसारको नास्ता खाई हिड्ने बेलामा रविना मिस र कामना मिसले कागती मागि पहिले नै सतर्क रहुनु भयो अझै पनि आउँछ कि भन्ने ।

पाल्पा जोर्ते बाट भैरबस्थान न आउदा सम्म उकालो तथा घुमाउरो बाटो हरु संगै प्रसान्त सरको रोजाईको हिन्दी गाना सुन्दै हाम्रो यात्रा बिस्तारै पाल्पाका डाँडाकाँडा नियाँल्दै अघि बढी रहेको थियोे ।

घुम्ती उकालो हुँदै मधुरो हिन्दी गाना सँगै हार्थोक निस्केपछि यसो पछि हेरेको सबैका आँखा खुलेछन्। सायद यो बाटो धेरैले धेरै पटक पार गरि सक्नु भएको होला तर आज छुट्टै उमङ्ग, छुट्टै रमाइलो देखि रहेको थिएँ । म पनि सयौं पटक ओहोरदोहोर गरेको पाल्पा ! तर आज साँच्चिकै नयाँ नौलो लागि रहेको थियो । गाडी जोगिपानी बतासे हुँदै श्रीनगर जाने घुम्ती नीर पुगेर रोकियो जहाँ गाडी मालिक शक्ति बलाल चढ्नु भयो ।

नौ बजेर बिस मिनेटमा हामी अबको यात्रा श्रीनगर पार्क भ्युटावर रहेको थियो । त्यो भन्दा अगि पेटको लागि चाजोपाजो मिलाउन हिमाल सर र म होटल श्रीनगर गयौ, जहाँ खाना अडर गरेर घुम्न जाने अनि आएर खाना खाने थियो । तर हाम्रो योजना चौपट भयो । खानाको मूल्य सुन्दै चक्कर आउने जस्तो । काहा हामी द्दछण् मा चिकन खाना खाने बानी लागेको एकै चोटि डछण् रे हामि त हेरेको हेरै।। अनि हिमाल सर र म मिलेन तेरो लेभल ओइ बाउ बला भन्ने गित गाउदै हामिलाई मिल्ने होटल को खोजी गरेउ।।

‘अल्छीको आहारा दैबले जुराउछ’ भने झै रानिमहल जाने बाटोमै होटल रानिमहल देखौ अनि गाडी फनक्क फर्काएर सोहि होटलमा गई चार सय पचाँसमा लोकल कुखुराको झोल संग इन्डियन बासमती चामलको भात खाने अडर दिँदै सुरु गरेउ स्वर्गको एक टुक्रा श्रीनगर डाडाको यात्रा । दश बजेबाट बाह्र बजेको समय घुम्न पाउँने हुँदा हामी सबै मनमनमा मख्ख थियौ । टन्नै फोटा र टिकटक बनाउने समय भयो भन्दै पाल्पा सया‌ै पटक आएपनि श्रीनगर प्राय कोहि नआएको तर प्रशान्त सरको माइती गाउँ जस्तै रैछ हामी पछिपछि प्रशान्त सर अघिअघि ।

हरियो चौर, अग्ला सल्लाका रुख, सफा वातावरण, मनोरम दृश्य, पाल्पाको काखमा अवस्थित तानसेन बजार ! थकाई भोक त कता गयो गयो ।
उता मन पृन्ट सर तानातान । हुन पनि किन नहोस एउटा तीन वटा आँखा भएको फोन हाम्रा रातिमा पनि अँध्यारो स्क्रिन नदेखिने फोन । फोटो खिचाउनेको लाइन ।

हनुमान पार्क हुँदै स्तुपा तर्फ लाग्दै गर्दा फोटो नखिचाइ मनले मानेन हाने दश‍विस वटा मैले पनि । मैले जहिले देख्ने भिडियोमा आज जाँदा जाँदै त्यही भाइरल ठाउँमा पुगौ । एघार बजेको घाम हामिलाई के मतलब । सबै आ–आफ्नो पारामा कसैले हिँड्दै, कसैले बादल बर्षा बिजुली, त मैले तानसेनलाई टेन्सन ।
जति बस्यो उति बसि रहु जस्तो । टेकराज सर र मधु सरले पालैपालो फोन हानेर अत्ताउनु सुरुगर्नु भयो । हामी फोन उठाउन सम्म एउटा फोटो भन्दै खिचिरहेउ । खुला आकास मुनि पन्छी झै न तनाब, न पीडा, न भोक न तिर्खा ।

घडि हेरेको बाह्र बज्न लागेछ । अझै भ्यु टावर बाँकी छ । जाम भनि म नै अत्ताउन थाले। अरुलाई त हिडाउन सफल रहे दुई जना मिसहरु एउटा मात्र खिच्छम भनेर हुन्छ भनेको त पन्ध्र मिनेट लगाइदिनु भयो सस्ती मिस र सम्झना मिस । सुरुमा खिच्न लजाउनु भयो पछि त्यहाँबाट उक्काउनै सकिएन ।

उकालो उकालो सिढी चढ्दै हामी लाग्छौ श्रीनगर भ्यु टावर । जहाँ पुग्दा रबिना मिस एक महिना नखाए जस्तो फतक्कै गल्नु भयो । थचक्कै बस्नु भयो । हामी चै टिकट काटी टावर चढेउ । सस्ती मिस, रबिना मिस संग साथी दिन बस्याहोला भन्या लुकि लुकि टिकटक बनाउन रैछ । हाम्रो फोटोग्राफर मन पृन्ट सरले क्याप्चर गरि हाल्नु भएछ । एक सय अठतिस सिढी चढेर माथी पुग्दा त आकासमै आए जस्तो । तलका मान्छे त किम्ला जत्रा । आमम्म्म्म्म तानसेन बजार हेर्दै कलक्क निलौ जस्तो । मोबाइल मा घन्टी बज्छ । हेर्छु होटल वाला अघि एक बजे भनेर बोलाएको अहिले साढे बाह्र मै आउन प¥यो भन्न लाग्यो अनि मैले सबैलाई अत्ताउदै ल ल खाना तयारी भयो जाम जाम भन्दै ओर्लियौ । सम्झना स्वरुप तल आइ एक ग्रूप फोटो हान्न चाइ छुटाएनौ ।

बस अलिक तल । हाम्रो हिड्ने धित मरेन, अनि प्रशान्त सरले भने बमोजिम बाटो लाग्यौ। आहा सल्लिपिरल मा चिप्लेटी खेल्दै टेक राज सरले मन थिएन जोगि बन्नलाई भन्ने गीतमा टिकटक बनाउँदै बस भए ठाउँमा आयौ । जहाँबाट खाना खान जान तीन मिनेट पनि लाग्ने थिएन । सबै असिनापसिना हुँदै गाडी चढी खाना खाने ठाउँमा पुग्यौ ।

पौने एक बजे खाना खाने समय भएछ यसो सबैको मुहार हेर्छु भोकाएको जस्तै । अनि एकै छिन पापड बन्दै गरेको थाहा पाए पछी सुरु भयो वाइफाइ स्क्यान। अनि टिकटक र फेसबुक ।

खाना पनि कति मिठो सायद नथपिकन कोहि पनि उठ्नु भएन, म चै लोकल कुखुराको फ्यान रस चै थपी थपी । अरुलाई काम गरे पछि अल्छि लाग्छ रे, नेपालीलाई खाना खाए पछि । त्यही पनि हाम्रो सपना रानीमहल थियो । हामी सब उत्साहीत थियौ । ल ल जाम जाम दुई बज्यो भन्दै गाडिमा चडी अगि बढ्यौ ।

रानीमहल हैन तिमीलाई दिउँला चोखो माया
सधै सपनामा पुगि रहेको ठाँउ, आज विपनामै पुग्दै थियौ ।

जब खाना खाएर होटल रानीमहल हुँदै ओरालो तथा घुमाउरो बाटोहरु पार गर्दै हाम्रो बस अघि बढन थाल्यो । हामीहरु खुसीले गद्गद् थियौ । १३ किलोमिटर अघि रानिमहल थियो तर त्यो ठाउँमा पुग्नु भन्दा अघि त्यहाँको ठाउँ यति सुन्दर रैछ कि बाहिरी दृश्य मोबाइलमा कैद नगरी बस्न सकिएन, बस्ती पनि कति मिलेको सुन्दर सुन्दर एकएक तले घर बनाएर निकै व्यवस्थापन पूर्वक बसेका । रानीमहल पुग्दै गर्दा म गुल्मी र पाल्पा लाई तौलिदै गए । हरेक कुरामा पाल्पा अघि पाए । शिक्षा, स्वास्थ्य, यातायात, कम बसाइँसराइ । तर हाम्रो गुल्मीमा बसाइँसराइ तछाडमछाड छ । टेक राज सर र म यिनै बिषय वस्तुमा कुरा गर्दै अघि बढी रह्यौ ।

झ्याउरे तथा लोक गित गाडिमा घन्की रहेको थियोे । पछी मन्टो फर्काए सब खानाको ताल मा आनन्द संग निद्रामा लुटपुटि रहनु भएको । यस पाली पनि भिडियो कैद चाहि गरे ।

उ उ … रानीमहल । मेरो आवाज ले सबैका आँखा खुले । खोइ खोई भन्दै सबैजना झ्याल बाट हेर्न लाग्नुहुन्छ ।आहा !! सबैको मुख बाट यहि शब्द निस्कन्छ । रानीमहल जो पुग्छ अवश्य हो शब्द निस्कन्छ । गाडीलाई पार्कमा लगाएर उभ्याएपछि हामी पालै पालो बसबाट ओर्लियौ । पहाडको काखमा टुपुक्क बसे जस्तो ।

साच्चिकै मनमोहक । हाम्रा पाइला अघि नै बढ्न मानेनन् । त्यही हेरेर मङ्ग हुन लाग्यौ। खाना खाएको। ओरालो बाटो निद्रामा आएको हुँदा सबै फ्रेस हुन लाग्नु भयो।

ल ल अब अघि बढ्म । हामी सिढी चढेर माथी महलमा गयौँ । त्यहाँ होडिङ्ग बोर्ड रैछ । मधु सर के कैद गरि हाल्नु भयो । यसको निर्माणको इतिहास त्यहाँ लेखिएको रैछ । जब हामी गेट नजिकै पुग्छौ त्यहाँ टिकटको व्यवस्थापन रैछ प्रतिव्यक्ति पचाँस । हामी सत्र जनाको टिकट काटी भित्र गयौं । जहाँ पुगेपछि थकान एकाएक भाग्दो रछ । कति सुन्दर एक सय छ्यासी बर्ष पहिले यो कसरी सम्भव भयो हामी मन मनै घोत्ली रह्यौ । सुरुमै ग्रूप फोटो कैद गरि हाल्यौ । अहिले कोइ कता कोइ कता हुन सकिन्छ । रानी महल भित्र रानी कक्ष, बैठक कक्ष तथा संग्रालय खुला रैछ अरु कक्षहरु बन्द गरिएको भेटायौ । भित्री दृश्य मा हामी धेरै बेर बस्न सकेनौ किनकी जेष्ठ महिना त्यो नि मध्य अनि साढे दुई बजेको घाममा । लगभग तीन बजे पछी सितल फर्कन सुरु गर्दो रैछ । हामी आयौ बाहिरी प्राङ्गणमा । सुरु हुन लागे टिकटक तथा सिङ्गल डबल फोटोहरु ।

रानीमहल गए पछी पारी पुलमा नपुगी फर्कने कुरै भएन लाग्यौ हामी पनि पुल तर्फ । ओहो त्यहाँबाट रानीमहलको दृश्य, मान्नै पर्छ ती राजालाई जसले यो ठाउँ रोज्यो । ग¥यो बहुमुल्य उपहार आफ्नो रानीलाई । लगभग दुई घन्टामा हामी त्याहा धेरै सम्झनाहरु कैद ग¥यौ ।

जति हे¥यो उति हेरि रहु जस्तो । हामिलाई त्यो ठाउँ छाड्नै मन लागेन। पानीपुरी, चिसो पानि खादै हामी एकै छिन बगर तिरै बस्छौ। तर त्याहा बाट नहिडी पनि नहुने।मन नलागि नलागी सबैलाई बोलाउन थाले।

४ः३० हुन लागेछ अब जान पर्छ ६ बजे हामी थोर्गा पुग्नु पर्छ जाम कट्छ भन्दै गाडी चढेउ। त्याहा बाट १३ किमि मै आइदो रैछ अर्गलि । कति नजिकै हामी दङ्ग ।

जब गाडि रानिमहल छाड्दै तेर्सो बाटो हिड्न सुरु गर्छ। भर्खर पिच भएको बाटो त्यो नि कति फराकिलो । कति सुन्दर वातावरण । अग्लाअग्ला पहाडका चुचुराको काखबाट गाडी हिडि रह्यो । १५ मिनेट पनि नहुँदै गाडि त अर्गली । अब हाम्रो गन्तव्य थियो गुल्मी पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुल ।
पाल्पातर्फ ऋृषिकेस मन्दिर नजिकै गाडी पुराएर हामी पुल तर्फ गयौं भने बसलाई रिडि गएर बिहानी होटलमा चिया खादै गर्न लगायौ । थाकेका कारणले गर्दा रविना मिस र मंगल सर बसबाट ओर्लिनु भएन । हामीहरु चाहि आइरहेको ठाउँ भएपनि ग्रूप सङ्गै आउदा छुट्टै आनन्द पुल चडी ग्रूप फोटो हरु लिन थाल्यौ ।

समयमै आइयो रिडि आउदा बिरबास नै आए जस्तो । बिहान ६ः३० बाट सुरु भएको साँझ ५ः३० मा त्याहा आइ पुग्दा एक दिनका दिन यति पनि सकिने रैछ । हामी अचम्मित थियौ । विस्तारै तिनमुखे पुल हुँदै हामी रिडि बजार तर्फ लाग्छौ । चिया खान भनी बिहानी होटमा गएको त चिया हजुरहरु पिउनु हामी आइसक्रीम खान्छौ भनी यसोधा मिसले के भन्नुभएको मात्र थियो सबैका मुख रसाए । एकएक गर्दै म पनि, म पनि भन्दै सबै मिसहरु एकाएक आइसक्रीम खान ।

अनि हामी पनि जाम यो गर्मी मा चिसो चोको बार खान भन्दै पल्लो पसलमा गयौं । चिया पिउन छिरेका हामी चिया नखाइ आइसक्रीम ।
उज्यालोमा घर पुगिने भयौ ।

६ बजेछ ल ल अब बाटो खुल्छ जाँम भन्दै हामी गाडी चढि उकालो लाग्यौ । सबैको मन युद्द जितेर फर्किएको सैनिकको जस्तो । निकै प्रफुल्ल ! हसिलो ।

थोर्गामा जाम पनि खुल्नै लागेको त्यही पनि ३० मिनेट जति रोकिनु प¥यो । सोही समयको फाइदा उठाउँदै हाम्रो फोटोग्राफर मन पृन्ट सरले सबैको मोबाइलमा फोटा पठाउन सुरु गर्नुभयो । सबैले आफ्नो फोटो जूम गरि गरि हेर्दै आनन्द लुट्न थाल्नु भयो । एकै छिनमा जाम पनि खुल्यो पुन सुरु हुन्छ हाम्रो यात्रा ।

एक दिन तर ५ दिन घुमे जस्तो अनुभव साट्दै टक्सार इश्वरी डेरि बाट दूध दहि लिदै हामि आयौ सकुशल बिरवास जाहा झर्नु थियोे कामना मिस र रविना मिस । उहाँहरुलाई विदा गर्दै बस बन्द्रखुट्टा आइ पुग्छ अनि टुङ्गिन्छ हाम्रो यात्रा ।

भुमि सर पहिले नै आइपुग्नु भएको थियोे । रातीको समय । जङ्गलको बाटो । त्यो नि एक्लै हुँदा सम्झना मिसलाई छोड्न मधु सर लाई पठाए । अनि हामी ६ जना ३ वटा बाइकमा झ¥यौ ।

योजना गराउने यसोधा मिस । चाजोपाजो मिलाउने शान्ता मेडम । म्युजिक ब्यबस्थापन प्रशान्त सर, फोटोग्राफर मन पृन्ट सर। साथ दिने मधु सर, हिमाल सर, टेक राज सर मुरि मुरि धन्यवाद का पात्र हुनुहुन्छ ।

धेरै यात्रा गरे तर यो यात्रा अमर रहोस् ।

– लेखक सन्तोष शर्मा ग्रीन बड सेकेन्डरि इङ्लिस बोर्डिङ्ग स्कुल गुल्मीका प्रधानाध्यापक हुनुहुन्छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७