• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रतिनिधिसभामा आज प्रधानमन्त्री दाहालले जवाफ दिँदै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूचि निर्धारण भएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल आज पनि जारी रहनुका साथै सांसदहरुले विभिन्न मन्त्रालयले विभिन्न शिर्षकमा गर्दै आएको खर्च कटौति गर्न प्रस्तावहरु पेस गर्नेछन् ।

जारी विज्ञप्ति अनुसार, शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० अन्र्तगत एमाले सांसद योगेश कुमार भट्टराई र आम जनता पार्टीका सांसद प्रभु साहले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्र्तगत शिर्षकको खर्च रकम घटाई एक रुपैँया कायम गर्न प्रस्ताव पेस गर्ने, डाक्टर अमरेश कुमार सिंह,सराज अहमद फारुकी, सुमना श्रेष्ठ,प्रेम सुवाल लगायतका सांसदहरुले गृह मन्त्रालयको खर्च कटौति गर्न सदनमा प्रस्ताव पेस गर्ने लगायतका विभिन्न १० वटा कार्यसूची रहेको छ ।