काठमाडौं । सांसद प्रभु साहले आम नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनीधिसभाको बैठकमा खर्च कटौतिको प्रस्ताव प्रस्तृत गर्दै उनले जनताको जिवन ,व्यवसाय र जागिर समेत खोसिने अवस्था आउँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे ।
‘हामी शासनको विरुद्धमा लड्याै । शाह वंशीय राजतन्त्रको बारेमा लड्यौं ताकी नेपाली जनताले शासनको प्रत्यभुति गरोस । ती लडाईमा जनजाती मधेसि दलित सबैले आफ्नो आफनो ठाउँबाट ठुलो योगदान गरेका छन् । तर आज प्रश्न उठ्छ की आम जनताले शासनको प्रत्याभुती गरिरहेका छन ?’ उनले भने ‘आज हामी हेरिरहेका छौं शासन त के आफ्नो व्यवसाय पेशा समेत खोसिएको स्थिती छ ।
इतिहासमा धेरै वंशहरुले शासन गरे । मात्र राज्यको शासन गर्थे । कर उठाउथे तर जनताको बन्द व्यवसायलाई व्यापारलाई जनताको जीवनलाई खोस्ने रोक्ने अस्तव्यस्त पार्ने काम गर्दैनथे ।’
सरकारले ऐतिहासिक तथा पुरातात्विक क्षेत्र तथा विषयको संरक्षण गर्न नसकेको उनको भनाई छ ।
पुरातत्व विभागले के ईतिहासलाई मेटायर काल्पनीक विषयवस्तुहरु सजायर देशलाई समृद्धि र पर्यटकीय मोडल बनाउन खोजेको हो ? भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।