• २०८३ असार १४
  • 2026 June 28, Sunday

राष्ट्रिय सभाका अध्यक्ष र कोरियाली राजदुत पार्क ताएयोङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र नेपालका लागि नवनियुक्त कोरियाली राजदुत पार्क ताएयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमवार राष्ट्रियसभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुईदेशबीचको सम्बन्धबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमल्सीनाले करिब एक घण्टाको भेटवार्तामा दुई देशबीच सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए ।

उनले उक्त भेटवार्ताले दुईदेशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाईमा पुर्याउने र सहयोगको क्षेत्रहरु फराकिलो हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘दुई देशबीचको सम्बन्धको बारेमा छलफल गयौं । करिब एक घण्टा ,यसले दुईदेशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाईमा पुर्याउन र सहयोगको क्षेत्रहरु फराकिलो बनाउन मद्दत पुग्छ ।’

उनले साथै भेटवार्ता कोरीयामा नेपाली एयरलायन्सलाई उडान भर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको बताए ।

उनले भने, ‘कोरियामा नेपाली एयरलायन्सलाई पनि अब उडान भर्नुपर्छ पर्यटकहरु आवत जावत सहज होस् भनेर, खर्च अलि कम लाग्ने हुँदा धेरै पर्यटक ल्याउने उद्देश्यले छलफल भएको छ ।’

कोरियाली राजदुत ताएयोङ पनि  भविष्यमा नेपालमा लगानी र पर्यटक भित्रयाउने कुरामा उत्साहित भएर गएको उनले जानकारी दिए ।

उनले भने, ‘उहाँले पनि नेपालमा कसरी लगानी भित्र्याउने ,पर्यटक भित्र्याउने भविष्यमा भन्ने कुरामा उत्साहित भएर जानु भयो । ’