काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासामन्त्री अमनलाल मोदिले, भ्रष्टाचार न्यूनिकरणका लागि सबै मन्त्रालयले एक भएर काम गर्नु पर्ने बताएका छन् ।
सोमबार संसदमा सांसद प्रेम सुवालको प्रश्नको उत्तर दिँदै मन्त्री मोदीले, सुगम क्षेत्रमा मात्रै काम गर्ने कर्मचारीलाई दुर्गम क्षेत्रमा पनि खटाउने तथा भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।
‘सिंहदरबार आसपास र सुगम ठाउँमा मात्र रहने पहिले देखि चलिआएको छ । यो कुरा स्विकार्नु पर्छ । त्यसैले हामीले सिहदबार वरिपरि रहेका साथिहरुलाई असार मसान्त सम्म धेरै चलाउन मिलेन । साउन देखि यसको व्य लागि कार्यदल गठन गरेका छौं ।’ उनले भने ‘कर्मचारी सरुवा बढुवा भ्रष्टचारको कुराहरु सुन्छु । भ्रष्टाचारसंग जोडिएका कुरा हामीलाई भन्नुस हामीले थाहा पाउँदा कारवाही गर्छौ भनेर भनेका छौं । यो मेरो मात्र कुरा हैन मैले मात्र सुधार गर्ने यो विभिन्न मन्त्रालयका कर्मचारीहरुले प्रतिवद्धता जाहेर गर्नु पर्छ । हामी यो देशको भ्रष्टाचार निर्मुल पार्न सबैसंगै हुनुपर्छ । यो एक्लैले हुँदैन् । ’