• २०८३ असार १४
  • 2026 June 28, Sunday

शिव भगवानले मलाई सुनको जलहरी चाहियो भनेका थिए ? : सांसद गौतम

काठमाडौं । सांसद प्रतिमा गौतमले पशुपतिनाथलाई समेत विवादमा ल्याएर सबै हिन्दुहरुको भावनामा चोट पुर्याइएको दुखेसो गरेकी छिन् ।

आज मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले  धर्मको नाममा भएको नौटंकी बन्द गर्नुपर्ने भन्दै चडाएको सबै सुन राज्यकोषमा दाखिला हुने गरी, पशुपतिनाथको पुरानै मौलिक स्वरुप देखिने अवस्थामा राख्न माग गरिन् ।

‘शिव भगवानले मलाई सुनको जरहरी चढाउनु भनेर भनेको थियो कि ? ’ उनले भनिन्, ‘पशुपतिनाथलाई समेत विवादमा ल्याएर सबै हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको छ । गर्भ गृहमा रहेको शिव लिङ्गलाई छुन त हुदैँन् भन्ने हाम्रो मान्यता छ, धर्मको नाममा नौटंकी बन्द गराई चडाएको सबै सुन राज्यकोषमा दाखिला हुने गरी, पशुपतिनाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा राख्न आग्रह गर्न चाहान्छु ।’

उनले ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै जलहरिको परिक्षण गर्दा १३ जनाको नाम जलहरीमा लेख्ने काम अति निन्दनीय र भत्र्सना योग्य भएको बताईन् ।