• २०८३ असार १४
  • 2026 June 28, Sunday

सांसदको प्रश्नमा मन्त्री श्रेष्ठको जवाफ : सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा चिन्तित छौं

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सहकारी पीतिडको रकम फिर्ता गराउने कुरामा सरकार गम्भिर भएको बताएकी छिन् ।

मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले सहकारीबाट ठगिएका व्यक्तिहरुलाई रकम फिर्ता दिने कुरामा आफूहरु पनि चिन्तित रहेको बताइन् ।

‘सहकारीमा बचत गरेको रकम कहिले फिर्ता गर्ने हो र नीति कहिले ल्याउने हो भन्ने विषयमा हामी पनि चिन्तीन छौं । ’ उनले भनिन ‘सहकारी घरासायी बनेको छ । बन्द भएको छ । जनतालाई ठगेको छ न्याय दिनको लागि कार्यदल गठन गरेर अगाडी बढेका छौं । ’

उनले जतिसक्दो चाँडो समस्या समाधान गर्ने गरी सरकारले काम गरिरहेको बताइन् ।