• २०८३ असार १४
  • 2026 June 28, Sunday

विकृतिको डंगुर सफा गर्ने लडाईमा छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफू नेतृत्वको सरकार वर्षौदेखिका विकृतिको डंगुर सफा गर्ने युद्धमा उत्रिएको टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले, ललिता निवास काण्ठ मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही जस्ता विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईमा आफू लागेको भन्दै सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्ठको अभियूक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही सुरु भईसकेको छ । वर्षौ देखी विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता छ ।’

प्रधानमन्त्री प्रचण्डले विकृतिका विरुद्धको लडाई अझ अगाडि बढाउने संकल्प गर्दै भने, ‘म संकल्प गदैछु कि कुनै मूल्यमा विकृतिका विरुद्धको यो लडाई अगाडी बढाईने छ । लोकतन्त्र सँग आफ्ना विकृति सच्याउने सामथ्र्य पनि रहन्छ । सरकार त्यो दिशामा दृढतापूर्वक अगाडी बढेको छ ।’