• २०८३ असार १४
  • 2026 June 28, Sunday

आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल सुरु : गरीब मारा नीति लिइएको सांसदहरुको आरोप

आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा सहभागि हुदैँ सांसद अमरेश सिंहले गरीब नागरिकको भान्सामा चाहीने आलु प्याजमा कर लगाइएको र चुरोटमा कम लगाइएको प्रति आपत्ति जनाए ।

‘अस्तिदेखि नै सदनमा उठिरहेको छ कि गरीब जनता खाने चिजमा बढी कर लागेको । कहिले पनि नसुनेको कही पनि नभएको आलु प्याजमा कर लगाएको छ यो कहाँबाट आयो ।’

उनले मुल्य निर्धारण गर्दा कर लगाउँदा नागरिकलाई हेरेर लगाउनु पर्ने बताएका उनले सागमा समेत अर्थले कर लगाएको तर धनाड्यले खाने कुराहरुमा कर नलगाइएको आरोप छ ।

‘हाइ कर पेइङ क्यापासिटी भएकालाई कम र लो कर पेइङ क्यापसिटी भएकालाई धेरै लगाउने ? ’ उनको प्रश्न छ ।

त्यस्तै सांसद ठाकुर प्रसाद गैरेले बजेटमा एकरुपमा नदेखिएको भन्दै आपत्ति जनाए । उनले भने ‘वर्तमान सरकार बजेटको सबै प्रकृयामा त्यसको सैद्धान्तिक वरियन्टेसनमा एकरुपता देखिएन् । यसको लक्ष्य गन्तव्य र त्यसले बोकेका सैद्धान्तिक आधारहरु नै स्पष्ट नभएकोले अहिले सरकारले खोजेको उपलव्धी हासिल होला जस्तो नलागेको बताएका छन् ।’

त्यस्तै अर्का सांसद अमृतलाल राजवंशीले संसदमा छलफल भएर पास भएको कानूनले मात्रै कर लगाउने व्यवस्था विपरित कार्यहरु भएको आरोप लगाए ।

उनले भने ‘ नेपाल सरकारले यो विधेयक सिधै सदनमा नल्याएर कर उठाउँदा हुन्थ्यो । संविधानको १ सय १५ मर्म विपरित छ । त्यस कारणले गर्दा यो अर्थ सम्बन्धि विधेयक संविधानको धारा विपरित छ भन्न चाहान्छु । ’

सरकारले सदनका अधिकार कुन्ठित गरेको आरोप लगाए ।

अनेक अर्थ लाग्ने शब्द राखेर विधेयक ल्याइएको भन्दै उनले आपत्ति जनाए ।