• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अभिनेत्री ज्याकलिनले किनिन् मुम्बईमा नयाँ घर

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले मुम्बईस्थित बान्द्रा वेस्टमा नयाँ घर किनेकी छन् ।

उनको घर पाली हिलको पश इलाकामा छ, जहाँ धेरै बलिउड कलाकारहरू बस्छन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार ज्याकलिनको नयाँ घरमा स्विमिङ पुल, जिम र लाउन्ज छ ।

आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक भएको छ । सो भिडिओमा ज्याकलिन नयाँ घरमा देखिएकी छन् । तर उनले आफ्नो नयाँ घरको बारेमा केही बताएकी छैनन् ।

ज्याकलिनको नयाँ घर नजिकै रणवीर कपूर-आलिया भट्ट र करीना कपूर खान – सैफ अली खान जस्ता कलाकारहरू बस्छन् ।

ज्याकलिनको नयाँ घर पाली हिलको नवरोज भवनमा छ । त्यहाँ घरको मूल्य १२ करोड भारूबाट सुरू हुने बताइएको छ ।

यसअघि ज्याकलिन मुम्बईस्थित प्रियंका चोपडाको घरमा बस्थिन् । सो घर उनले ७ करोड भारूमा किनेकी थिइन् ।

ज्याकलिन फिल्म ‘फतेह’ मा देखिनेछिन् । वैभव मिश्राले निर्देशन गरेको फिल्ममा सोनु सुद र विजय राजको पनि मुख्य भूमिका छ । योसँगै उनी क्राइम एक्सन फिल्म ‘क्रैक’ देखिनेछिन् । आदित्य दत्तले निर्देशन गरेको फिल्ममा विद्युत जामवाल र अर्जुन रामपालको पनि मुख्य भूमिका छ।